पछिल्लो २४ घण्टामा देशभर १०६ जानामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० चैत – पछिल्लो २४ घण्टामा देशभर १०६ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
५४१ आरटी पीसीआर तथा ९४७ एन्टीजेन परिक्षण सहित १ हजार ४८८ जनाको परिक्षण गर्दा १०६ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५४ हजार ७१३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४३५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार ६१६पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २२ पुगेको छ ।

Facebook Comments Box