पछिल्लो २४ घण्टामा देशभर १२४ जानामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २७ चैत – पछिल्लो २४ घण्टामा देशभर १२४ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
९०३ आरटी पीसीआर तथा १ हजार ६६३ एन्टीजेन परिक्षण सहित २ हजार ५६६ जनाको परिक्षण गर्दा १२४ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५४ हजार ३८४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४४४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार ४१३ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २० पुगेको छ ।

