पछिल्लो २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

काठमाडौं, ७ कात्तिक – पछिल्लो २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ५०० आरटी पीसीआर तथा ४२१ एन्टीजेन परिक्षण सहित ९४१ जनाको परिक्षण गर्दा थप ४२ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ६३३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६९७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८७ हजार ७८४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १९ पुगेको छ

Facebook Comments Box