स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं, १० फागुन – स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। उनीहरुलाई ३ लाख रुपैयाँका दरले धरौटी माग गरेर रिहा गर्न आदेश दिएको सीआईबीका प्रवक्ता एसपी सञ्जय सिंह थापाले जानकारी थिए।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनीहरुसँग धरौट माग गर्ने आदेश दिएको हो। अदालतले माग गरनेको धरौटी बुझाएर उनीहरु थुनामुक्त हुन पाउने छन्।

बाराको सिम्रौनगढ-३ का मोहमद आदिल आलम, सप्तरीको राजविराजका महबुब आलम र पर्साको वीरगन्जका नितेश गुप्ता पक्राउ परेका थिए। सोही मुद्दामा काठमाडौंको कलंकीका नविन कँडेल र सप्तरीको राजविराजका रबि माझी भने फरार छन्।

गत पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टि २० लिगमा उनीहरुले स्पट फिक्सिङमा संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो।

फिक्सिङमा भारतीयको पनि संलग्नता रहेको सीआईबीले बताएको थियो। तर विदेशीलाई भने मुद्दा चलाइएको छैन। उनीहरुलाई खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको थियो।

Facebook Comments Box