बाजुरामा गएकाे भूकम्पले विद्यालय र स्वास्थ्य चौकी भवन भत्कियाे
काठमाडौं, १० फागुन – बाजुरामा भूकम्पले भौतिक क्षति गरेको छ। हिमाली गाउँपालिकामा भूकम्पका कारण केही भौतिक संरचना भत्किएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार हिमाली गाउँपालिका–१ स्थित सामुदायिक विद्यालयको बालविकासको दुई कोठे भवन भूकम्पले भत्किएको छ।
यस्तै, हिमाली गाउँपालि–१ कै बिछ्या स्वास्थ्यचौकी र वडा नम्बर ५ को अर्को स्वास्थ्य चौकीको पनि भवन भत्किएको छ। बाजुराको बिछ्या केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो १ः४५ मा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पले भौतिक संरचना क्षति भएपनि अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको प्रशासनले जनाएको छ।
Facebook Comments Box

