आन्दोलनको नाममा लुटपाट
काठमाडौं, २ फागुन – यातायात मजदुर र व्यवसायीहरूको आन्दोलनका कारण नयाँ बसपार्कस्थित ल्होत्से मलको संरचना तोडफोड भएको छ। सोमबार आन्दोलित मजदुरहरूले नयाँ बसपार्क क्षेत्रमा वितण्डा मच्चाएको थियो।
सोही बीचमा ल्होत्से मलमा रहेका मोबाइल पसलमा ठूलो क्षति हुनेगरी संरचना तोडफोड भएको छ। ल्होत्से मलको मोबाइल पसल फुटाई लुटपाट गरिएको र त्यसमा ८ करोड क्षति भएको दाबी गरिएको छ।
उक्त मोबाइल पसका प्रोपाइटर अर्जुन चालिसेका अनुसार सबै सामानहरुको क्षति हेर्दा प्रारम्भिक रुपमा ८ करोड बढीको क्षति भएको हो। पीडित व्यवसायीले पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिए।
चालिसे नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष समेत हुन्। देशभरका मोबाइल व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने विषयमा समर्थन समेत जनाएका छन्।
Facebook Comments Box

