गाई चोरेको आरोपमा विवाद भएपछि सप्तरीमा भारतीयले गोली चलाए
काठमाडौँ, २६ माघ – सप्तरीमा बुधबार दिउँसो गोली चलेको छ। हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाढामा भारतीयले गोली चलाएका हुन्। गाई हराएको विषयमा नेपाली र भारतीयबीच विवाद हुँदा भारतीयले गोली चलाएको सप्तरी प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले बताए। गाई चारेको आरोपमा स्थानीय नेपालीले भारतीय नागरिक जावेदलाई पक्राउ गरेर नेपालतर्फ ल्याएर सोधपुछ गरेका थिए।
उनलाई नेपाल ल्याएपछि २५–३० जना भारतीय नेपाल आएर ३ राउण्ड कटुवा पेस्तोलबाट फायर गरेका थिए। गोली चलाएपछि नेपाली भागेका थिए भने भारतीयले आफ्ना नागरिक लिएर फर्किएका थिए। गोलीको छर्रा लागेर स्थानीय ६२ वर्षीय महेन्द्र पासवान घाइते भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। घुँडामुनि गोली लागेका उनी सामान्य छन्। उपचारमा जान मानेका छैनन्।
Facebook Comments Box

