मनाइयो सोनाम ल्होसार

काठमाडौँ, ९ माघ – प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज चैत्य एवं गुठीमा पूजा आराधनासहित सांस्कृतिक झाँकी र नाचगान गरी मनाइएको छ । राजधानीमा विशेषगरी बौद्ध र स्वयम्भू क्षेत्र एवं तामाङ समुदायको बाहुल्यता रहेका स्थानमा सोनाम ल्होसार मनाउने गरिन्छ ।

यस अवसरमा बौद्ध महाचैत्यमा घुम्ने श्रद्धालुको पनि भीड देखिएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । यस अवसरमा बौद्ध क्षेत्रमा शान्ति पदयात्रासहित सांस्कृतिक कार्यक्रम गरेर सोनाम ल्होसार मनाइएको छ । स्वयम्भू क्षेत्रमा शान्ति पदयात्रा, चैत्य, गुम्बा र गुठीमा पूजा आराधना गरी सोनाम ल्होसार पर्व मनाइएको स्थानीय रामबहादुर लामाले सुनाउनुभयो । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु भएको छ ।

आजदेखि बाघ वर्ष पूरा गरी बिरालो वर्ष सुरु भएको छ । यस वर्षलाई समुदाय विशेषले खरायो वर्ष पनि भन्ने गरेका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशु पञ्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइएको छ । यस अवसरमा २०७७ सम्म काटिएको सार्वजनिक बिदा गत वर्षदेखि फेरि सरकारले दिन थालेको छ ।

पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रले पञ्चायत कालदेखि सार्वजनिक पद धारण गरेका नेता तथा प्रशासकको सम्पत्ति छानबिन गर्न माग गर्दै पार्टीप्रति जनताको ठूलो विश्वास रहेकाले जनपक्षीय कार्य सञ्चालन गरेर उनीहरुको भरोसालाई कायम राख्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका विना विभागीयमन्त्री उद्धव थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न जनताको विकास र समृद्धिको चाहनाअनुसार कार्य गर्ने प्रतिबद्धता जनाउँदै पार्टीले उठाउँदै आएका हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्ने विषयमा राष्ट्रिय सहमति कायम गराउन प्रयत्न गर्ने बताउनुभयो ।

Facebook Comments Box