चोभार पुलबाट कार बागमतीमा खस्यो, २ जना बेपत्ता, एक जनाको उद्धार

काठमाडौँ, २ माघ – काठमाडौंको चोभारमा कार दुर्घटना हुँदा एकजना घाइते भएकी छन्। केही व्यक्ति हराएको प्रहरीको आशंका छ। चोभारको पुलबाट कार बागमती नदीमा खसेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

घटनास्थलबाट एक जना महिलाको उद्धार गरी प्रहरीले बल्खुको वयोद्धा अस्पतालमा लगेको छ। उनको साथबाट अम्बिका लामिछाने नामको कार्ड फेला परेको छ। कारमा अन्य व्यक्ति पनि रहेको आशंकामा खोजी भइरहेको एसपी मैनालीले बताए।

पौने ५ बजेतिर चोभारको जलविनायकमा बा ५ च ५६५४ नम्बको सुजुकी कार बागमती नदीमा खसेको हो। प्रत्यक्षदर्शीले उक्त कारमा तीन जना सवार रहेको जानकारी दिएको एसपी मैनालीले बताए। दुई जना बेपत्ताको खोजिकार्य जारी रहेको छ।

खोजिका लागि काठमाडौं र ललितपुरबाट नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

Facebook Comments Box