पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २४ पुस – पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६७ आरटी पीसीआर तथा १ हजार ५५८ जनाको परिक्षण गर्दा थप २ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार ३३० रहेको छ भने सक्रिय संक्रमितको संख्या २१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९८१ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २० पुगेको छ ।
Facebook Comments Box

