प्रदेश नं. १ का सांसदको शपथग्रहण आज
काठमाडौँ, ११ पुस – प्रदेश नं. १ का सांसदले आज शपथग्रहण गर्दैछन् । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंले प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने छन् ।
त्यसअघि साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले गनगाईंलाई शपथ खुवाउने छन् । त्यसपछि उनले प्रदेश सभाको हलमा अन्य सांसदहरुलाई शपथ खुवाउने छन् । प्रदेश सभामा पाँच जना सांसदहरुले मातृभाषामा लिने भनेर नाम टिपाएका छन् । मातृभाषामा शपथ लिनेहरुमा इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्मला लिम्बू छन् ।
Facebook Comments Box

