आसन्न निर्वाचन महंगो भएको कसैले प्रमाणित गरेमा तत्काल पदबाट राजीनामा दिन्छु : दिनेशकुमार थपलिया

काठमाडौँ, २ पुस – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विगतका निर्वाचन भन्दा आसन्न निर्वाचन सम्पन्न गराउने महंगो भएको कसैले प्रमाणित गरेमा आफूले तत्काल पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

विराटनगरमा आज स्थानीय संचारकर्मीहरुसंगको पत्रकार भेटघाटमा उनले विगतका निर्वाचन भन्दा आसन्न निर्वाचन सबै हिसाबमा सस्तो रहेको दाबी गरे।

पत्रकार भेटघाटमा प्रमुख आयुक्त थपलियाले ०६४, ०७०, ०७४ मा निर्वाचन सम्पन्न गराउने भएको खर्चको तुलनामा हालै सम्पन्न निर्वाचन खर्चको हिसाबमा महंगो भएको प्रमाणित गरेर देखाउनपनि चुनौती दिएका छन्।

‘०६४ साल यता र हालै निर्वाचन सम्पन्न गरिरहँदा र हालै निर्वाचन सम्पन्न भइरहदा यो बीचमा कति मुल्यवृद्धि भएको छ, कर्मचारीको तलब भत्ताकति बृद्धी भएको छ,’ उनले भने, ‘र त्यतिबेलाका निर्वाचन पर क्यापिटल कष्टका हिसबमा यो निर्वाचन कसैले महंगो भयो भनेर प्रमाणित गर्छ भने त्यही दिनदेखि म जस्तो नालायक यो पदमा बस्नुहुन्न। त्यसैले प्रमाणित भएको दिनबाटै लागु हुनेगरी म मेरो पदबाट राजीनामा दिनेछु।’

थपलियाले आगामी दिनमा निर्वाचन आयोगलाई अझ शसक्त बनाउनका लागि नयाँ कानुन तजूमा गरिने बताए। उनले निर्वाचनमा विदेशमा बस्ने नागरिक,रिकलको विषय आयोगलाई शशक्त बनाउन कानूनी रुपमा नै व्यवस्थित गरिने जानकारी दिए।

समानुपाति तर्फको मत सोचे भन्दा यस पटक कम झरेको आयोगको निष्कर्ष निकालेको भन्दै प्रमुख आयु्क्त थपलियाले कम्तिमा नेपाली नागरिकले मतदाता नामावलीमा नाम भएको नागरिकले जुनसुकै स्थानबाट मत खसल्नो सुविधासहितको ब्यवस्था गर्नतर्फ आयोग लाग्नेपनि बताए।

Facebook Comments Box