पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ मंसिर – पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०३ आरटी पीसीआर तथा ६९६ एन्टीजेन परिक्षण सहित १ हजार ९९ जनाको परिक्षण गर्दा थप १ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार १३६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८८ हजार ८७० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १९ पुगेको छ ।

Facebook Comments Box