रुपन्देही ३ मा रोकिएको मत गणना चालु, गृहमन्त्री खाँणलाई राप्रपा नेता बोहोराले उछिने

काठमाडौँ, ९ मङ्सिर – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा रातिदेखि रोकिएको मत गणना पुनः सुरु भएको छ। त्यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोराबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

यो खबर तयार पार्दासम्म गृहमन्त्री खाँणभन्दा ३७७ मतले राप्रपा नेता बोहोरा अगाडि छन्। अब २५ हजार मत गन्न बाँकी छ।

Facebook Comments Box