गोरखाको एक मतदान स्थलमा शंकास्पद वस्तु फेला

गोरखा, ४ मङ्सिर – गोरखाको एक मतदान स्थलमा शंकास्पद वस्तु फेला परेको छ । गोरखा नगरपालिका-८ रानीवनस्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

मतदान स्थलको करिब ६५ मिटर आसपास तार जडान गरिएको कुकर भेटिएको प्रहरीले जनाएको छ । ‘कुकरमा तार जडान गरेर टेपले बाँधेको छ,’ प्रहरी निरिक्षक हिमनाथ घिमिरेले भने । उनका अनुसार बिहान सवा ६ बजे उक्त शंकास्पद वस्तु देखिएको थियो ।

अहिले नेपाली सेनाको डिस्पोजल टोलीसहित सशस्त्र र जनपथ प्रहरीको थप टोली समेत सो स्थानमा खटिएका छन् । उक्त मतदान स्थलमा मतदान भने जारी रहेको बताइएको छ ।

Facebook Comments Box