नेकपा एमालेले ५ वर्ष भरिमा २० वटा कुराहरु पूरा गर्ने

काठमाडौं, १५ कात्तिक – नेकपा एमाले ५ वर्षभरिमा २० वटा कुराहरु पूरा गर्ने जनाएको छ। मंगलबार आफ्नो घोषणापत्र जारी गर्दै एमालेले २० सुविधा जनतामाझ पुर्याउने दाबी गरेको छ। त्यसको ग्यारेन्टीको वाचा समेत गरेको छ।

घोषणापत्रमा उल्लेख भएका २० ग्यारेन्टी यस प्रकार छन्

१ पहिलो सेसनः समृद्धि अधिवेशन

२ नेपालीलाई मात्र नागरिकता

३ हङ्गरः नो लङ्गर

४ उत्पादन स्वदेशी बजार विदेशी

५ कमाइः युवाको रोजाइ

६ सुरक्षित छाना : पुग्छ सबैको चाहना

७ पढाइः भविष्यको जग बसाइ

८ प्रेसरःसुगर : भइन्न बिरामी औषधि बेगर

९ फ्रि मिटरः दश हजार लिटर

१० फ्रि युनिटः ५० युनिट

११ खेत बारीमा पानीः खाडीमा हैन, स्वदेशमै जवानी

१२ दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार

१३ भूमिगत तारः सहर बजार

१४ नो लाइनः सेवा अनलाइन

१५ पाँच लाख रोजगारः न्यूनतम ज्याला २५ हजार

१६ समृद्धिसँगको नाताः सबैको बैंक खाता

१७ स्वस्थ महिनाबारी : १५ सय वर्षभरी

१८ हामी सामाजिकः सभ्य नागरिक

१९ फाइभ जी सञ्चारः आइटीमा चमत्कार

२० हाम्रो अर्थः १०० खर्ब

Facebook Comments Box