अध्यक्ष केपी शर्मा ओली आज १ लाख ७१ हजार सर्वसाधरणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दै

काठमाडौं, ४ कात्तिक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सर्वसाधरणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दैछन्। अध्यक्ष ओलीको सचिवालयका अनुसार प्रत्यक्ष टेलिफोन संवादका लागि १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम टिपाएका छन्। बिहीबार दिउँसो १२ बजेसम्म ओलीसँग कुरा गर्न चाहनेहरुको नाम र नम्बर टिपाइएको थियो।

सचिवालयले छनोट गरेका व्यक्तिसँग ओलीले टेलिफोनमा कुरा गर्नेछन्।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ओलीले सर्वसाधरणसँग संवाद गर्न लागेका हुन्। ‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ,’ ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भनेका छन्, ‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ।’

Facebook Comments Box