चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको एक जुस उद्योगमा आगलागी
काठमाडौं, २८ असोज – चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको एक जुस उद्योगमा आगलागी भएको छ। आज (२८ असोज) बिहान ४ बजेबाट आगलागी भएको र अहिले लगभग नियन्त्रणमा आएको रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार बिहान साढे ३ बजेतिर स्थानीयले आगलगाी भएको खबर गरेका थिए। त्यसपछि निरन्तर ३ वटा दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याइएको हो। युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको उनले जानकारी दिए। ‘अहिले बल्ल आगो नियन्त्रणमा आएको छ,’ उनले भने, ‘३ वटा दमकल प्रयोग गरेर बल्ल नियन्त्रणमा ल्याइएको छ। यो उद्योग संचालनमा भने थिएन।’ आगलागी कसरी भयो भन्ने बारेमा भने बुझ्ने काम भइरहेको उनले बताए।
Facebook Comments Box

