अछाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा नेपाली कांग्रेसबाट भक्त बहादुर ठकुल्लाको चर्चा

काठमाडौँ, १८ असोज – आगामी मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेश सभा निर्वाचनका लागि यतिबेला उम्मेदवार छनोटले सरगर्मी तातेको छ । विभिन्न पार्टीबाट कसले टिकट पाउन सक्छन भन्ने विषयमा चिया पसल देखि चोकचोकमा कार्यकर्ता, नेता देखि मतदाताहरुले समेत नजर अन्दाज गर्न थालेका छन ।

पार्टीका स्थानिय देखि केन्द्रीय नेताहरु समेत कसलाई टिकट दिदा जित्न सकिन्छ भन्ने विषयमा छलफलमा जुटिरहेका छन । यसैबीच अछाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा नेपाली कांगे्रसबाट भक्त बहादुर ठकुल्लाले टिकट पाउने चर्चा चुलिएको छ । उनले क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (क) मा प्रत्यक्ष सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका छन ।

स्थानिय मतदताहरुले पनि गाउँमा विकास निर्माण देखि रोजगारी सिर्जना मार्फत समृद्धिको बाटोमा लैजानका लागि विकासपे्रमी नेताले टिकट पाउनु पर्ने माग गरीरहेका छन । नेपाली कांगे्रस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य समेत रहेका ठकुल्ला मतदाताको भावना बुझ्न सक्ने नेताको रुपमा चर्चित छन ।

गाउँ, समाजको विकासका लागि स्पष्ट मिसन र भिजन भएका नेतालाई मौका दिनु पर्ने स्वयं मतदाताहरु बताउँछन । अछाम क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (क) का शुभेच्छुक तथा कार्यकर्ताहरु नै पार्टीमा विगत लामो समय देखि इमान्दारीता पूर्वक योगदान दिएका, गरिब निमुखा, पिछडिएका समुदायको आर्थिक उन्नति र समग्र निर्वाचन क्षेत्रको विकासका लागि केहि गर्न सक्ने क्षमता भएकाले नेपाली कांगे्रसले भक्त ठकुल्लालाई अगाडि सार्नु पर्ने बताउँछन ।

क्षमतावान व्यक्तिलाई चुनावी मैदानमा उतारेको खण्डमा यसले समग्र पार्टीलाई नै फाइदा पुग्ने भएकाले टिकट वितरण गर्दा गम्भीरता पूर्वक ध्यान दिन समेत उनीहरुले माग गरेका छन । पछिल्लो समय युवाहरु देखि मतदाताहरुमा समेत हाम्रा भन्दा राम्रा व्यक्तिलाई चुनावमा सहयोग गर्नु पर्ने भन्ने भावनाको समेत विकास हुदै गएको छ ।

यसले पनि जुनसुकै पार्टीले टिकट वितरण गर्दा आसेपासे भन्दा जनतासंग प्रत्यक्ष सम्पर्कमा रहि काम गरीरहेका व्यक्तिलाई प्राथमिकता दिनु पर्ने आवश्यकता औल्याएको छ ।

Facebook Comments Box