केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भेट

काठमाडौं, १७ असोज – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भेट भएको छ।ओलीलाई भेट्न ठाकुर सोमबार दिउँसो बालकोट पुगेका हुन्। एमाले र लोसपाबीचको गठबन्धन धरापमा परेसँगै ओली र ठाकुरबीचको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

एमाले र लोसपाको मत जोड्दा पनि मधेसका ३२ वटै सिटमा पाँच दलीय गठबन्धन नै बलियो देखिएपछि यी दुई पार्टी बीचको तालमेल अप्ठेरोमा परेपछि गठबन्धन धरापमा परेको थियो।

एकातिर लोसपाले मधेस प्रदेशका ३२ मध्ये कम्तिमा आधा सिट एमालेसँग मागेको छ, जुन दिन एमाले तयार छैन। अर्कोतिर त्यसरी गठबन्धन गर्दा पनि चुनाव नजितिने अवस्थामा तालमेल नै गर्ने कि नगर्ने भन्ने प्रश्न उठेको हो।

Facebook Comments Box