पछिल्लो २४ घण्टामा देशभर थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १७ असोज – पछिल्लो २४ घण्टामा देशभर थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ८५० आरटी पीसीआर तथा ५२५ एन्टीजेन परिक्षण सहित १ हजार ३७५ जनाको परिक्षण गर्दा थप ३३ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार २२५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८४९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८६ हजार ८८२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १८ पुगेको छ ।
Facebook Comments Box

