आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्री सहितका विभिन्न शीर्ष नेताहरु निर्वाचन आयोगमा

काठमाडौं , ९ असोज – निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलका शीर्ष नेताहरूलाई बोलाएको थियो । सोही अनुसार छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खान, एकीकृत समाजवादीका अध्‍यक्ष माधव कुमार नेपाल, नेकपा उमालेका उपाध्‍यक्ष सुवास नेम्वाङसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारी आयोगमा उपस्थित भएका छन् । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।

Facebook Comments Box