कपनको राम मन्दिर नजिकै आगलागी

काठमाडौँ, ५ असोज – कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् । यसबारेमा थप विवरण आउन बाँकी छ ।

Facebook Comments Box