काठमाडौं उपत्यकामा १२ जना सहित देशभर थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २ असाेज – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२ जना सहित देशभर थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ७५३ आरटी पीसीआर तथा १ हजार १२९ एन्टीजेन परिक्षण सहित २ हजार ८८२ जनाको परिक्षण गर्दा थप ५९ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ४६६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ८३० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १६१ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८५ हजार ३९५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १५ पुगेको छ ।

Facebook Comments Box