अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता

अछाम, १ असोज – अछाममा अविरल वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६, वडा नम्बर ८, ढकारी गाउँपालिका–७ र तुर्माखाँद गाउँपालिका ७  मा पहिरोमा परेर मृत्यु हुनेको संख्या १४ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

उनका अनुसार अझै ९ जना बेपत्ता छन्। कमलबजार नगरपालिका–६ मा पहिरोमा परेका १४ जनामध्ये ४ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए। यस्तै त्यहाँ ३ जना बेपत्ता छन्।

कमलबजार नगरपालिकाकै वडा नम्बर ८ मा पहिरोमा परेका ६ जनामध्ये ५ जनाको शव भेटिएको छ। त्यहाँ एक जनाको उद्धार गरिएको छ।ढकारी गाउँपालिका–६ मा पहिरोमा परेका ६ जनामध्ये एक जनाको शव भेटिएको छ भने एक जना बेपत्ता छन्। ३ जनाको सकुसल उद्धार गरिएको छ।

तुर्माखाँद गाउँपालिका–५ मा पहिरोमा परेका ९ जनामध्ये २ जनाको शव भेटिएको छ भने अन्य बेपत्ता ७ जनाको खोजी भइरहेको छ।

Facebook Comments Box