सत्तारुढ गठबन्धनका शीर्ष नेतासहितको बैठक बिना निष्कर्ष सकियाे

काठमाडौं, २७ भदौ – सत्तारुढ गठबन्धनका शीर्ष नेतासहितको बैठक सकिएको छ। सोमबार बिहान ९ बजेदेखि सुरु भएको बैठक ८ घण्टा ४० मिनेट बसेको थियो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार बैठकमा छलफल लामै समय भए पनि निष्कर्ष निस्किसकेको छैन। ‘आज लामै छलफल भयो, निष्कर्षमा पुगिएको छैन,’ प्रचण्डको भनाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सिट संख्या र निर्वाचन क्षेत्रका बारेमा कुराकानी राम्रै भए पनि स्पष्ट नभइसकेको बताए। उनले भने, ‘गठबन्धनमा सिट संख्या र निर्वाचन क्षेत्र केन्द्रित भएर राम्रै कुराकानी भएको छ। तर क्लियर भइसकेको छैन।’

Facebook Comments Box