नागरिकता विधेयकको विरोधमा अनेरास्ववियुकाे प्रदर्शन
काठमाडौं, २६ भदौ – नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै नेकपा एमालेनिकट अनेरास्ववियुले आइतवार अपरान्ह काठमाडौंमा प्रदर्शन गरेको छ। अनेरास्ववियुका विद्यार्थीहरुको एउटा समूहले आइतवार अपरान्ह त्रिचन्द्र कलेज अगाडिको सडकमा प्रदर्शन गरेको हो।
अनेरास्ववियुका विद्यार्थीहरुले गठबन्धन सरकार मुर्दावाद, दलालहरु होसियार र नागरिकता विधेयक खारेज गर जस्ता नारा पनि लगाएका थिए। नागरिकता विधेयकको पक्षमा उत्रिँदै आइतवार बिहान कांग्रेसनिकट नेविसंघले प्रदर्शन गरेको थियो। नेविसंघका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाउन खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
Facebook Comments Box

