काठमाडौं उपत्यकामा १०२ जना सहित देशभर थप २०२ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको कुल संख्या १२ हजार पुग्याे
काठमाडौं, १२ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जना सहित देशभर थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ६४ आरटी पीसीआर तथा १ हजार ७७९ एन्टीजेन परिक्षण सहित ३ हजार ८३३ जनाको परिक्षण गर्दा थप २०२ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४६२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८१ हजार ५२१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको छ ।

