फिफाले भारतीय फुटबल संघमाथि लगाएको प्रतिबन्ध हटायो
काठमाडौं, ११ भदौ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल संघमाथि लगाएको प्रतिबन्ध हटाएको छ। शुक्रबार फिफाले भारतीय फुटबल संघमाथिको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो। भारतको सर्वोच्च अदालतले फिफाको कमिटी अफ एड्मिनिस्ट्रेटरको म्यान्डेट खारेज गरेसँगै फिफाले भारतीय फुटबल संघमाथि प्रतिबन्ध लगाएको थियो।
फिफाले अगष्ट १५ मा आफ्नो निर्णयमा तेस्रो पक्षले अनुचित हस्तक्षेप गरेको भन्दै प्रतिबन्धको निर्णय गरेको थियो। सोही कारण भारतमा हुने भनिएको यू–१७ महिला विश्वकप अनिश्चित बनेको थियो। अब भने उक्त विश्वकप आयोजनाको बाटो खुलेको छ।
Facebook Comments Box