कलंकीमा रहेको खसीबजार हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं, २ भदौ – काठमाडौंको कलंकीमा रहेको खसीबजार हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै खसी बजार हटाउन निर्देशन दिएको हो। सूचना प्रकाशित भएको १५ दिनभित्र खसीबजार सञ्चालन गर्ने ब्यवसायीहरूले वैकल्पिक ब्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिइएको हो।

बल्खु खोलमा जोडिएको ७ रोपनी ८ आना जग्गामा खसीबजारले असर गरेको भन्दै स्थानीयले सामूहिक उजुरी दिएका थिए। बस्तिको बीचमा रहेका यस्ता प्रकृतिका व्यापार व्यवसायलाई निरुत्साहित गर्दै प्रत्येक नागरिकलाई स्वच्छ र स्वतन्त्र वातावरणमा बाच्न पाउने नेपालको संविधान २०७२ को धारा ३० को मौलिक हकको प्रत्याभूति र प्रचलन गर्न समेत आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(२) ञ समेतका आधारमा यो सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख छ।

Facebook Comments Box