काठमाडौं उपत्यकामा ९४ जना सहित देशभर थप २६३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ, २८ साउन – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४ जना सहित देशभर थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ३९९ आरटी पीसीआर तथा १ हजार ७६६ एन्टीजेन परिक्षण सहित ३ हजार १६५ जनाको परिक्षण गर्दा थप २६३ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ५६५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४३४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५०१ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७५ हजार ३०७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९८६ पुगेको छ ।

Facebook Comments Box