काठमाडौं उपत्यकामा २४९ जना सहित देशभर थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ, २६ साउन – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४९ जना सहित देशभर थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ४११ आरटी पीसीआर तथा २ हजार १२३ एन्टीजेन परिक्षण सहित ४ हजार ५३४ जनाको परिक्षण गर्दा थप ८१५ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ३८ हजार १२१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४७६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७४ हजार २९५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९८२ पुगेको छ ।

Facebook Comments Box