एमबीबीएसको छात्रवृत्तिमा ३ वर्षमा डेढ अर्ब रुपैयाँ अनुदान

काठमाडौँ, २३ साउन – चिकित्सा शिक्षा आयोगले २०७७ देखि ०७९ सम्म चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) मा छात्रवृत्तिबापत डेढ अर्ब रुपैयाँ अनुदान दिएको छ ।

शैक्षिक सत्र २०७६/२०७७ देखि ०७९/८० सम्मका लागि १८ वटा शिक्षण संस्थाहरुलाई चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति दिन एक अर्ब ४५ करोड ४२ लाख ४० हजार ३४ रुपैयाँ रकम एकमुष्ट उपलब्ध गराएको आयोगले जनाएको छ । आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा छात्रवृत्तिको बजेट बजेट विवरण सार्वजनिक गरेको हो ।

आयोगको विवरण अनुसार सबैभन्दा बढी अनुदान पाउनेमा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । छात्रवृत्तिवापत प्रतिष्ठानले ४६ करोड ७३ लाख ९५ हजार ९७ रुपैयाँ अनुदान पाएको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयको महाराजगञ्ज चिकित्सा क्याम्पसले ३६ करोड ३७ लाख ४० हजार १९४ रुपैयाँ अनुदान पाएको छ ।

Facebook Comments Box