काठमाडौँमा उपत्याकामा २६४ जना सहित देशभर थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २२ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा २६४ जना सहित देशभर थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ४० आरटी पीसीआर तथा १ हजार ७४९ एन्टीजेन परिक्षण सहित ३ हजार ७८९ जनाको परिक्षण गर्दा थप ५५३ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ३४ हजार ४२८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४३३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७२ हजार ४९७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्य हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९७१ पुगेको छ ।

Facebook Comments Box