अमेरिकी सहायक विदेशमन्त्री डाेनाल्ड लु र प्रधानमन्त्री शेरबहादुर देउवा विच भेटवार्ता
काठमाडौँ, १३ साउन – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डाेनाल्ड लु ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। भेटमा प्रधानमन्त्री देउवाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण र सहकार्यात्मक सम्बन्धबारे छलफल भएको उल्लेख गरेका छन्।
‘अमेरिकाको निरन्तरको विकास सहकार्यका लागि धन्यवाद दिन चाहन्छु। आगामी दिनमा अझ उच्चस्तरको आर्थिक सहकार्यको अपेक्षा गरेको छु’ प्रधानमन्त्रीले ट्विटमा भनेका छन्।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा ७५ वर्षे नेपाल—अमेरिका साझेदारी र जनताका तहमा रहेको मजबुत सम्बन्ध लगायत विषयमा छलफल भएको काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ।
सहायक विदेशमन्त्री लु ले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि आजै भेटवार्ता गरेका थिए। सैन्य कार्यक्रम एसपीपी अघि नबढाउने नेपालको निर्णयपछि अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री लु बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन्।
दुईजनाबीचको भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धनका अनेक आयामबारे कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

