दुर्गा प्रसाईं UAE को भ्रमणमा, प्रसाईंकाे पहलमा बर्षाै देखि अलपत्र परेको नेपालीको शबलाई ल्याउने तयारी

काठमाडौं, २३ असार – दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने निर्णय गरे लगत्तै उहाँ दुबईको भ्रमणमा प्रस्थान गर्नुभएको छ! दुबई पुग्ने बित्तिकै त्यहाँ अफ्ट्यारामा रहेका नेपालीहरुले प्रसाईं दुबई आएको थाहा पाउने बित्तिकै हारगुहार गर्दै विभिन्न कारणले अलपत्र परेका र सुतेको स्थानमा  मृत्यु भएको बर्ष देखि यतिकै रहेका शब नेपाल पुर्याउन मद्दत मागे गरेका छन ।

प्रसाईंले पुग्ने बित्तिकै पहिलो काम UAE को दुबईमा अवस्थित नेपाल ल्याउन न सकिएको १६ वटा शब तत्काललै नेपाल ल्याउन पहल गर्दै हुनुन्छ यो खबरले नेपालमा रहेका आफ्ना आफन्तहरु खुशी भएका छ्न ।

सरकारले नगरिदिएको काम दुबईमा गएर आफ्नो मान्छे ल्याउन पहल गरेकोमा दुर्गा प्रसाद प्रसाईं लाई ढुङ्गा खोज्दा देउता भेटिए सरह भएको आफन्तले भाबुक हुँदै बताएका छ्न ।

साहुको ऋण लिएर घर जग्गा बेची घरपरिवार लाई छोड्दै नेपालको बिमानस्थलमा भक्कानिदै बिदेश गएका कयौं नेपाली दिनहुँ जस्तो देखिन्छन बिदेशमा दुख गरेर स्वदेशमा परिवार संग खुशी जिवन बिताउने सपना देख्ने नेपालीहरु जब बिदेश पुग्छ्न कति त बिचौलियाको फन्दामा फस्छ्न कति भने ढंग मेनपावरको फन्दामा परेर एक काम भनेर अर्को काममा पठाउने, एक देश भनेर अर्को देशमा पुर्याउने, थाह नभएका लाई झुक्याएर भिजिट भिजामा पठाउने, चर्को रकम असुल्ने अनि अलपत्र पारिदिने गर्छ्न ।

४८,५० डिग्रीको सम्मको घाममा काम गर्नुपर्ने, न गरौ साहुको रीण र परिवारलाई खुशी जीवन बिताउला है भन्दै दिएको आश्वासन याद आउने गर्छ,न गरौं काम गर्दा गर्दै चर्को घामले कति खेर आमा पनि भन्न न पाई ढल्ने हो थाह नै हुदैन,कुन बेलामा बाचिन्छ या मरिन्छ भर छैन ।

हाम्रो मान्छेको हेरेर हामी चित्त बुझाई दाहसंस्कार गर्छौ हाम्रो मान्छेको लास ल्याईदे सरकार भन्दा भन्दा अब त आफन्तको आशु पनि रित्तिसक्यो,कयौं बर्ष देखि लास कुरेर बसेका आफन्तहरु वैदेशिक रोजगार अन्य बिभाग सरकार संग हारगुहार गर्दागर्दै अब त आश पनि मरिसकेको मृत्युका आफन्त बताउछ्न ।

आफन्तको चर्को गुनासो आएपछी वैदेशिक रोजगारमा फसेका नेपालीहरुको उद्दारको क्रममा केही समय अघिको अनुसन्धान गर्दा बिचौलिया मेनवारले वैदेशिक रोजगारको बिभागका तल्लो कर्मचारी देखि माथील्लो तहमा समेत सेटिङ गरेको पाईयो जस्ले गर्दा कोहि आफ्नो आफन्त उजुरी गर्न जादाँ पनि उजुरी नलिने र लिए पनि यतिकै महिनौ महिनौ झुल्लाएर मत्लब नै नगरेको पाईएको छ ।

UAE को विभिन्न ठाउँमा ६ हजार भन्दा नेपाली अलपत्र छ्न र हजारौंको संख्यामा शबहरु छ्न । एउटा शब ल्याउनको लागि ३ देखि ४ लाख सम्म लाग्छ सरकारले गर्ला गर्ला भन्दा आफन्तको आश मरिसकेको थियो तर फेरि मरेको आश लाई जिउदो बनाएको छ दुर्गा प्रसाईंले गर्दा भन्दै आफन्तहरुले बताएका छ्न ।

अब आफ्नै पहलमा भए पनि जसरी पनि दुबईमा रहेका नेपालीहरुको शब केही दिन भित्रैमा नेपाल पुर्याउने प्रतिबद्धता दुर्गा प्रसाद प्रसाईंले गर्नु भएको छ । यो माहानकार्यको लागि पहल गर्ने र दुबईमा अलपत्रपरेका नेपाली नागरिकहरुको आवाज बिहिनको आवाज बनेर हरपल डटेर उद्दार गर्न लागि पर्नु भएको NRN दुबईका युवा संयोजक भिममल्ल ठकुरी, कमल जि. सि, रिजवन अलाम, बिष्णु गिरी, र यो पहलको लागि दुर्गा प्रसाईं लगायतलाइ सम्पुर्ण नेपालीको तर्फबाट धन्यवाद दिएका छन् ।

Facebook Comments Box