आज पनि देशका धेरै ठाउँमा हल्का देखि मध्यम वर्षा हुने एक वा दुई स्थानमा भने भारी वर्षाकाे सम्भावना

आज पनि देशका धेरै ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। त्यसो त अहिले पनि खोटाङ, बैतडी, डोटी र डडेल्धुरामा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। ‘देशका बाँकी स्थानमा भने आंशिक बदलीको अवस्था छ’, उनले भने। उनका अनुसार आज कतै पनि त्यति ठूलो पानी पर्ने सम्भावना छैन।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी क्षेत्रका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाकाे समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेकाे छ।

Facebook Comments Box