बुधबार बिहानै आएको भूकम्पमा परी अफगानिस्तानमा कम्तीमा नौ सय २० जनाको मृत्यु

अफगानिस्तान, ८ असार – बुधबार बिहानै आएको भूकम्पमा परी अफगानिस्तानमा कम्तीमा नौ सय २० जनाको मृत्यु भएको छ। प्रकोप व्यवस्थापन अधिकारीहरुका अनुसार ६.१ रेक्टर स्केलको भूकम्पमा परी छ सयभन्दा धेरै घाइते भएका छन्।

पहाडी इलाकामा भूकम्प गएका कारण हताहतीको संख्या अझै बढ्ने अनुमान गरिएको जनाएको छ। अफगानी मिडियाहरुले भूकम्पपछिको दृश्यहरु सार्वजनिक गरिरहेका छन् जहाँ मानिसका घरहरु भग्नावशेषमा बदलिएको र जमिनमा शवहरु असरल्ल देखिएका छन्। घाइतेको उद्धारका लागि, मेडिकल सामग्री आपूर्तिका लागि हेलिकप्टरहरु परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।

Facebook Comments Box