प्रतिनिधि सभा बैठक आज पनि बस्दै
काठमाडौँ, ७ असार – संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
बैठकमा गृह मन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधन र बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
Facebook Comments Box

