आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १ असार – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।आज प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

आज नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ। वर्षा नभएका क्षेत्रमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ। आज बिहान प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Facebook Comments Box