बर्दियामा हावाहुरीका कारण एक बालकको मृत्यु ८ जना घाइते
बर्दिया, २९ जेठ – बर्दियामा हावाहुरीका कारण एक बालकको मृत्यु भएको छ। शनिबार साँझ आएको हावाहुरीका कारण मधुवन–७ का अमृत थापाको मृत्यु भएको हो। उनलाई घर छेउको आँपको रुख ढलेर थिचेको थियो।
मृतक थापाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको छ। हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा ८ जना घाइते भएको बर्दिया प्रहरीले जनाएको छ।
हावाहुरले सितला बजार भन्ने स्थानमा केही बिजुलीको पोल ढलेका छन् भने कैयौं घरका छाना उडाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
Facebook Comments Box

