हवाइ इन्धनको मूल्य बढेसँगै जहाजको भाडा बढ्याे
काठमाडौं, ९ जेठ – हवाइ इन्धनको मूल्य बढेसँगै जहाजको भाडा बढेको छ। आयल निगमले सोमबार बिहानदेखि लागू हुँदै गर्दा हवाइ सेवाप्रदायक कम्पनीले जेठ ११ देखि लागू हुने गरी भाडा बढाएका हुन्। आइतबारसम्म हवाइ भाडा १५६ रुपैयाँ रहेकोमा १६६ रुपैयाँ पुगेको छ।
यति एयरलाइन्सले सबै क्षेत्रको भाडा वृद्धि भएको जानकारी दिएको छ। काठमाडौंबाट माउन्टेन फ्लाइटको १३ हजार ७६५ रुपैयाँ पुगेको छ।त्यस्तै काठमाडौंबाट भद्रपुरको भाडा ११ हजार ९३५, विराटनगरको ९ हजार ३२५, जनकपुरको ५ हजार २५०, भरतपुरको ४ हजार ४३५, पोखराको ६ हजार ३०५ रुपैयाँ एकतर्फी भाडा पुगेको छ।
त्यसबाहेक काठमाडौंबाट भैरहवाको ७ हजार ८८०, नेपालगंजको १२ हजार ८९५, धनगढीको १५ हजार ६६५, तुम्लिङटारको भाडा ७ हजार ४६० र सिमराको भाडा ३ हजार ७२५ रुपैयाँ पुगेको छ। कम्पनीले यात्रुको चापको आधारमा पूर्ण भाडा वा छुटमा टिकट बिक्रीवितरण गर्न सक्छन्।

