काठमाडौं महानगरपालिकाको १ लाख मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह नै अगाडी
काठमाडौं, ८ जेठ – काठमाडौं महानगरपालिकाको १ लाख मतगणना सकिएको छ । मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नै अग्रता लिइरहेका छन् । केही दिनदेखि लगातार दोस्रो स्थानमा रहँदै आएका एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा झरेका छन् । कांग्रेसकी सिर्जना सिंह दोस्रोमा उक्लिएकी छिन् ।
बालेन शाहले ३८ हजार ३३३ मत पाउँदा सिर्जना सिंहले २१ हजार २९९ मत पाएकी छिन् । स्थापितले २१ हजार ८ मत पाएका छन् । राप्रपाका मदन दास श्रेष्ठ १ हजार ७१६ मतका साथ चौथो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार सुमन सायमी १ हजार २९३ मतका साथ पाँचौं स्थानमा छन् ।
साझा विवेकशील पार्टीकी समीक्षा बास्कोटाले अहिलेसम्म २१७ मत पाएकी छिन् । काठमाडौं महानगरपालिकामा मजदुर किसान पार्टीका उम्मेदवार सुरेन्द्र महर्जनले ३२ मत पाएका छन् । उन्नत लोकतन्त्र पार्टीका प्रेमसागर कर्माचार्यले १२४ मत पाएका छन् ।

