आज देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं, ५ जेठ – आज देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भेगमा अपराह्नपछि आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै बिहीबार राती प्रदेश १, मधेश प्रदेशलगायत अन्य प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै अन्य प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गर्दै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भेगका केही स्थानमा अपराह्नपछि मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेकाे छ।

