बारामा कटुवा पेस्तोल, खुकुरी र रडसहित दुई जनालाई पक्राउ
काठमाडौं, ३ जेठ – बारा जिल्लाको निजगढ नगरपालिका ११ स्थित रतनपुरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले एउटा कटुवा पेस्तोल, खुकुरी र रडसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय रुद्र प्रसाद चौधरी र २५ वर्षीय शिवकुमार चौधरी छन्। उनीहरु आपसमा झगडा गरिरहेका भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रतनपुरीलालबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले उनीरुलाई शंका लागि जाँच गर्दा रुद्र प्रसाद चौधरीको साथमा एउटा कटुवा पेस्तोल र शिवकुमार चौधरीको साथमा एउटा खुकुरी र दुई थान रड फेला पारेको सशस्त्रले जनाएको छ।
उनीहरुले प्रयोगमा ल्याएको बा ८ प ३५६३ र बा २५ प ९८१४ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, खुकुरी, रड र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

