देशभर ११ पालिकाको मत परिणाम : एमालेले ५, कांग्रेसले ३, नेकपा समाजवादीले २, माओवादीले १ पालिकामा जित हासिल
काठमाडौं, ३१ वैशाख – देशभर ११ पालिकाको मत परिणाम आएको छ। मनाङ जिल्लाको मतगणना सकिँदा एमाले सबैभन्दा अघि रहेको छ।एमालेले ५ पालिका जित्दा दोस्रोमा रहेको नेपाली कांग्रेसले ३ पालिकामा जित हासिल गरेको छ। नेकपा समाजवादीले २ र माओवादीले १ पालिकामा जित हासिल गरेका छन्।
एमाले
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन्। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भइन्।
०७४ को चुनाबमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जितेका थिए । उपाध्यक्ष पद काँग्रेसले नै जितेको थियो। यसपटक एमाले र कांग्रेस दुवैले आफ्नो सिट सुरक्षित गरेका छन्।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देव बहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्।
२०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए। मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।
एमालेले मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेबाट पालिका अध्यक्ष उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन् । कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी भए । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत पाए ।
यसअघि मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन्।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका अध्यक्ष रिङजीन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी भएका हुन्। अध्यक्षमा कांग्रेसका आङ्जेन गुरुङले ५७७ मत मात्रै ल्याएका छन्।
उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ७४९ मत ल्याई विजयी भएकी छन्। कांग्रेसकी धेच आङमो गुरुङले ६७७ मत ल्याएकी छन्। गाउँपालिकामा २ हजार ६११ जनसंख्या रहेको छ। कुल मतदाता २ हजार २४४ रहेका छन्। त्यस्तै एमालेले डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकमा धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका थिए।
नेपाली कांग्रेस
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। उनी १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाएका छन्।
खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन्। नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो । त्यसबेला यहाँ निर्विरोध निर्वाचन भएको थियो ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी भएका छन्। लालचनले ७ सय ६० मत ल्याउँदा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याएका छन्। २०७४ मा नेकपा एमालेको तर्फबाट आस बहादुर थकाली विजयी भएका थिए।
उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भएकी छन्। एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याएकी छन्।मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्।
कांग्रेसबाट धनबहादुर गुरुङ ८२० मत ल्याई निर्वाचित भएका हुन्। उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ ९१३ मत प्राप्त गरेका छन्। अध्यक्षमा एमालेका मनबहादुर गुरुङ ६४६ मत प्राप्त गरेका छन्। उपप्रमुख स्वतन्त्रबाट अर्विन गुरुङले ४९६ मत ल्याए।
एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध भएका थिए। उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध भएका थिए। २०७४ मा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए।
डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निविरोध भएका थिए। २०७४ मा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए।
माओवादी
नेकपा माओवादीले डोल्पाको जगदुल्ला गाउँपालिकाबाट खाता खोलेको छ। माओवादीका नारा सिं रोकायले ७७० मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका हेम बहादुर महतराले ७४६ मत प्राप्त गरेका छन्। उपाध्यक्षतर्फ माओवादीकी अमरिता बोहोरा ७५९ मत ल्याउँदा एमालेकी चन्द्रावती थापाले ७४९ मत प्राप्त गरेकी छन्।

