सत्तारुढ पाँच दलीय गठबन्धनले आज काठमाडौँमा चुनावी आमसभा गर्दै

काठमाडौं, २३ वैशाख – सत्तारुढ पाँच दलीय गठबन्धनले आज (शुक्रबार) काठमाडौँमा चुनावी आमसभा गर्दैछ। नेपाली कांग्रेस काठमाडौँको संयोजनमा रत्नपार्कस्थित शान्ति बाटिकामा गठबन्धनले आमसभा गर्न लागेको हो।

दिउँसो १ बजेबाट सुरु हुने आमसभाका लागि मञ्च निर्माण भइसकेको कांग्रेस काठमाडौँले जनाएको छ। आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी छ। आमसभालाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्।

यसअघि बिहीबार सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा आमसभा आयोजना गरेको थियो। आमसभालाई सम्बोधन गर्दै शीर्ष नेताहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मदेवारलाई विजयी बनाउन आह्वान गरेका छ्न्। गठबन्धन दलले शनिबार तनहुँको दमौली र धनुषाको जनकपुरमा आमसभा गर्ने जनाएका छन्।

Facebook Comments Box