आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले विहीबार पनि सुनुवाइ गर्ने

काठमाडौं, २१ वैशाख – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले विहीबार पनि सुनुवाइ गर्ने भएको छ ।बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुरु भएको सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । यो मुद्दामा अब बिहीबार सुनुवाइ हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

१८ वैशाखमा मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा रिट दिएका थिए ।

उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अघि रहेको भन्दै आईजीपी नियुक्ति बदर गर्न माग गर्दै रिट दिएका थिए । सो रिटमा बुधबार पोखरेल पक्षका कानुन व्यवसायीले बहस गरेका छन् ।

Facebook Comments Box