नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक तेस्रोपटक स्थगन
काठमाडौं, १० वैशाख – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक तेस्रोपटक स्थगन गरिएको छ। दोस्रोपटक समय तोकेर आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक पनि नबस्ने भएको हो।
बैठक स्थगन गरिएकाे केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। यसअघि आजै बिहान ११ बजे बस्ने भनिएको थियो। हिजो शुक्रबार पनि दिउँसो २ बजेका लागि बोलाएर बैठक अन्तिम समयमा स्थगन गर्दै आजलाई सारिएको थियो।
Facebook Comments Box

