तातो कुँडो (खोले) मा डुब्दा एक बालिकाको मृत्यु
काठमाडौं, ८ वैशाख – तनहुँमा तातो कुँडो (खोले) मा डुब्दा एक बालिकाको मृत्यु भएको छ। गाईबस्तुलाई पकाइएको तातो कुँडोमा डुब्दा भानु नगरपालिका–१२ रतनपुरकी दुई वर्षीया बालिका आरोही घर्तीको मृत्यु भएको हो।
तातो कुँडोमा परेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी युवराज खड्काले जानकारी दिए।
Facebook Comments Box

